Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – राजकीय कार्यक्रममा हुने राष्ट्रपतिको सवारीमा सुधार भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम पढ्न जाँदा विगतमा जस्तो लामो समय सडक खाली गराइएन ।राष्ट्रपति पौडेलको इच्छाअनुसार राजकीय कार्यक्रममा पनि उनको सवारी सामान्य मात्र भएको सुरक्षा अधिकारीले जनाएका छन् । लामो समय सडक खाली गरेर राष्ट्रपतिको सवारी हुँदा विगतमा सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आएका थिए ।

शुक्रबार राष्ट्रपतिको सवारी हुँदा सडक खाली नै नगराइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ‘जसरी प्रधानमन्त्रीज्यू सिंहदरबार जाँदाको सवारी हुन्छ, राष्ट्रपतिज्यूको पनि त्यति मात्र हो,’ उनले भने, ‘राजकीय सवारी भए पनि सडकमा जाम नहुने गरी सामान्य मात्र गर्ने पहिले नै निर्णय भइसकेको थियो ।’

विगतमा राष्ट्रपतिको सवारीमा १० मिनेटसम्म सडक खाली गराइन्थ्यो । जसका कारण सडकमा सर्वसाधारणले हैरानी भोग्दै आएका थिए । जनताको गुनासोपछि राष्ट्रपति पौडेलले यसमा सुधार गरेका हुन् । बानेश्वरस्थित संसद् भवन छिरेपछि मात्र उनलाई राजकीय सम्मानसहितको सवारीको सम्मान दिइएको छ ।

 

तपाईको प्रतिक्रिया