Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका छन् ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पिस मेमोरियल पार्कमा) स्वागत गरेका छन् । हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै रहेकी छन् । त्यसैगरी बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमण गर्दैछन् ।

हिरोशिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) (सन् १९४५ अगस्ट ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुगेका हुन् । जी-७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलायत र जर्मनी रहेका छन्।

जापानले आफ्नो जी-७ अध्यक्षता अन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ। जी-७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलाइत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेंसीको क्रममा), र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तरराष्ट्रिय मञ्च हो। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोशिमामा हुने जी-७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री नरेन्द्र मोदी हिरोशिमा पुग्दैछन् र मे २०-२१ मा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

विश्व राजनीतिका प्रमुख नेताहरुलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सन्देशमा भनेका छन्, ‘मे १९ देखि २१ सम्म जी-७ शिखर सम्मेलन मेरो गृहनगर हिरोसिमामा हुँदैछ। हिरोसिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर शहर हो ।’ ‘म साँच्चै जी–७ नेताहरूलाई हिरोशिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ’, उनले भने ।

यसअघि मे १८ मा जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । उनले बेलायती समकक्षी ऋषि सुनकसँग पनि भेटवार्ता गरेका छन् । किशिदाले जी ७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गरेका छन् । जापानले यसै वर्ष २०२३ मा जी-७ को अध्यक्षता ग्रहण गरेको हो ।

तपाईको प्रतिक्रिया