Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी छ। चार दिनअघि आरोहण सुरु भएकोमा अहिलेसम्म २५० जना सगरमाथाको चुचुरोमा पुगेका छन्। बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन्। विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७औं पटक सगरमाथा आरोहण गरेका छन्। यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन्। सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ।

यस वर्ष आरोहणका क्रममा ६ जनाले ज्यान गुमाएका छन्। बुधबारमात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ। यसै सिजनमा पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनामले पनि सगरमाथा आरोहण गरेका छन्। यती समूहका अध्यक्षसमेत रहेका उनी बुधबार बिहान ७ बजेर ३४ मिनेटमा चुचुरोमा पुगेका हुन्।

यसअघि श्रीमती पासाङल्हामुसँगै सगरमाथा आरोहण गर्ने उनको प्रयास सफल हुन सकेको थिएन। त्यसबेला उनी क्याम्प २ बाट फर्केका थिए। पासाङल्हामु २०५० वैशाख १० मा सगरमाथाको शिरमा पुगेकी थिइन्। आरोहणपछि फर्कने क्रममा उनको बाटोमा निधन भएको थियो।

 

तपाईको प्रतिक्रिया