समाचार सुन्नुहोस् :
काठमाडौँ – तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सम्बन्धी रिटको सुनवाइ आज संवैधानिक इजलासमा हुँदै छ । संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणामाथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजलासमा सुनवाइ हुन लागेको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।