Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ।खाणको बयान मंगलबार बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा १० घण्टा लिइएको थियो। सोमबार पनि खाणको बयान लिइएकाे थियाे। बयानकाे क्रममा उनले स्वास्थ्य अवस्था ठीक छैन भनेपछि २ घण्टा‍पश्चात् बयान रोकिएकाे थियाे। प्रहरीले उनीसँग १२ घन्टा बयान लिएकाे हाे।

वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरेपनि उनकाे बयान भने रेकर्ड गरिएकाे थिएन।प्रहरीले खाण गृहमन्त्री हुँदा उनले गरेका निर्णय र बिचौलियाहरूसँग सम्बन्ध तथा पैसा लेनदेनको विषयमा प्रश्न तयार गरेको थियाे।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउनेछ। जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्नका लागि खाणविरुद्ध थप चार दिन समय दिएको थियाे।

यता, नेपाली कांग्रेसका पूर्वसांसद् आङतावा शेर्पाको बयान आज लिइँदैछ। शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परेको छन्। सोमबार साँझ छोरासँग प्रहरी कार्यालय पुगेका शेर्पाबाहेक सबैको बयान सकिएको छ।यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान संगठित अपराध कसूरमा गरिरहेको छ। एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्नेछ। अनुसन्धान चैत १२ गतेदेखि सुरु भएको थियाे।

 

तपाईको प्रतिक्रिया