Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौँ – रसियाले क्रेमलिनमा भएको ड्रोन आक्रमणमा अमेरिकाको संलग्नता रहेको आरोप लगाएको छ। क्रेमलिनले हिजो युक्रेनमाथि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो। आज क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले युक्रेनले अमेरिकी योजना कार्यान्वयन गरिरहेको बताएका हुन्। हिजो पुटिनको निवास रहेको क्रेमलिन लक्षित दुईवटा ड्रोनलाई असफल बनाउन आफूहरु सफल भएको रसियाली अधिकारीहरुले जनाएका थिए। त्यसपछि आज युक्रेनी राजधानी किभमा हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

क्रेमलिनले इलेक्ट्रोलिन रडारको प्रयोगबाट असफल बनाएको ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालयमा खसेको जनाएको छ। तर, त्यसबाट कुनै प्रकारको भौतिक र मानवीय क्षति नभएको बताइएको छ। ड्रोन आक्रमणको बेला पुटिन सो भवनमा थिएनन्। युक्रेनले भने ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ।

‘हामीले पुटिन र मस्कोमा आक्रमण गरेका छैनौं,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले भने, ‘हामी हाम्रो भूमि, गाउँ र शहरको रक्षामा खटिरहेका छौं।’ रसिया र युक्रेन एक वर्षभन्दा बढी समयदेखि युद्धमा छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। युद्ध लम्बिँदै गर्दा दुवैतर्फबाट हजारौं मानिसको मृत्यु हुँदा लाखौं मानिस युक्रेनबाट पलायन भइसकेका छन्।

 

तपाईको प्रतिक्रिया