काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीलाई निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको अभियोगमा पिएसजीले मेस्सीलाई निलम्बन गरेको हो ।
बिबिसीले साउदी भ्रमणका कारण मेस्सी निलम्बनमा परेको उल्लेख गर्दै जरिवानासमेत गरिएको लेखेको छ । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूत हुन् । यही भूमिका निर्वाह गर्न उनले क्लबसँग यात्रा अनुमति मागेकोमा अस्वीकृत भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मेस्सीमाथिको यो निलम्बन दुई साता मात्र रहनेछ । यो अवधिमा उनले पिएसजीबाट खेल्न त पाउने छैनन् नै प्रशिक्षमा पनि सहभागी हुन सक्नेछैनन् ।
३५ वर्षीय फरवार्ड मेस्सीले दुई वर्षअघि पिएसजीसँग सम्झौता गरेका थिए । जसको म्याद यसै समरमा सकिँदैछ । पिएसजीका लागि उनले हालसम्म ३१ खेल खेले । जसमा उनले ३१ गोल र ३४ असिस्ट गरेका छन् ।