Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकुलाई रकम दिने विषय विगत सरकारले नै गरेको निर्णय भएको बताएका छन् । सोमबार चितवनमा ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले २०७१ सालको सरकारले नै पूर्वलडाकुलाई रकम दिने निर्णय गरेको बताएका हुन् ।

तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस–एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए । आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए ।

तपाईको प्रतिक्रिया