Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – जापानको राजधानी टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित ‘प्रथम एनआरएनए रनिङ कप भलिबल प्रतियोगिता २०२३’ हुने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले एक आपसमा भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । प्रतियोगिता मे २२ तारिख सोमबार टोकियोको ‘Shinjuku Cosmic center’ मा हुनेछ ।

प्रतियोगिताको कार्यक्रम संयोजक जिम्मा एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी) दिइएको छ ।  उनले यसअघि पनि गलकोट समाजमा रहँदा विभिन्न समयमा यस्ता प्रतियोगिताहरू आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको बताइन्छ। थापा भलिबल खेलका खेलाडी समेत हुन् । एनआरएनए जापानद्वारा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिता सबैको सहयोगमा सफलता पूर्ण सम्पन्न गर्न आफू लागिपर्ने संयोजक थापा (काजी)को भनाई छ ।नेपाल भलिबल संघ जापान शाखाका उपाध्यक्ष तथा प्रतियोगिताका खेल संयोजक समेत रहेका भलिबल खेलाडी वसन्त थापाकाअनुसार प्रतियोगितामा विजेता टिमले ३,३५,३३५ येन, मेडल, प्रमाणपत्र र उपविजेता टिमले २,२५,५२५ येन, मेडल, प्रमाणपत्र प्राप्त गर्नुका साथै खेलमा वेस्ट प्लेयर, वेस्ट स्पाई कर, वेस्ट सेटर, वेस्ट क्युकर, वेस्ट डिफेन्डर र वेस्ट कोच गरी ६ वटा विधामा उत्कृष्ट छनौट गरी पुरस्कार वितरण गरिनेछ ।

प्रतियोगितामा समावेश हुनका लागि दर्ता शुल्क ४०,००० येन निर्धारण गरिएको र प्रतियोगिता बिहान ९ बजेबाट बेलुकी ६ बजे सम्म रहने जानकारी गराउँदै सम्पूर्ण खेलप्रेमीहरुलाई खेलमा समावेश हुन एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले अनुरोध गरेका छन् । प्रतियोगिता नेपाल भलिबल संघ जापानको समन्वयमा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया