Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

समाचार सुन्नुहोस् :

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सानदार सुरुवात गरेकाे छ । नेपालले आज मङ्गलवार भएकाे पहिलाे खेलमा मलेसियालाई ६ विकेटले हरायाे । मलेसियाले दिएकाे २ सय ३६ रनकाे लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान राेहित पाैडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १/१ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ र गुलसन झाले १ विकेट लिए । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया