Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यसवर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएकी छन् ।

‘बढ्दो भूराजनीतिक तनाव र अझै पनि उच्च मुद्रास्फीतिको साथ, एक मजबूत सुधार असम्भव छ,’ क्रिस्टालिना जर्जिएभाले अर्को हप्ता आईएमएफ र विश्व बैंकको वसन्त बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिइन् । ‘विशेष गरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले सबैको सम्भावनालाई हानि पुर्‍याउँछ,’ उनले भनिन् ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३.४ प्रतिशतमा झरेको थियो । एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद् खबरलाई पछि पार्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया