समाचार सुन्नुहोस् :
काठमाडौँ – भारतीय क्रिकेटर सुधिर नायकको निधन भएको छ । उनको मुम्बईमा ७८ वर्षको उमेरमा निधन भएको हो । नायकले भारतका लागि मात्र ३ टेस्ट र २ एक दिवसीय अन्तराष्ट्रिय खेलेका थिए ।
उनले भारतका लागि अन्तिम पटक सन् १९७५ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । उनले खेलाडी जीवन छाडेर प्रशासन र प्रशिक्षणमा संलग्न भएका थिए । उनी मुम्बईस्थित वानखेडे स्टेडियममा मुख्य क्युरेटरसमेत रहेका थिए ।