काठमाडौं – नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले ओहोदाको प्रमाणपत्र बुझाएकी छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।
उनी हालै नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासी संयोजकमा नियुक्त भएकी थिइन् ।