Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकार आफैले लिने भएको छ । मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैठकले धुर्मुस-सुन्तली फाउन्डेसने निर्माणका क्रममा खर्च अभावमा अधुरो छोडेको रंगशाला बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट लिग डिभिजन दुई खेल्दै विश्वकप छनोटमा पुगेका बेला एउटा राम्रो रंगशाला नभएको भन्दै चर्को आलोचना भएको थियो ।

धुर्मुस-सुन्तली फाउण्डेशनले १७ करोड बढी खर्च भएको भन्दै त्यसको स्वामित्व लिएर निर्माण अघि बढाउन सरकारलाई आग्रह गरिरहेको थियो । सोमबारको मन्त्रिपरिषद्ले रंगशालाको सबै स्वामित्व लिँदै निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय लिएको हो । यसअघि सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत यो रंगशाला आफैं बनाउने उल्लेख थियो । तर बजेट व्यवस्थापन हुन सकेको थिएन ।

सरकारको यो निर्णयपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि अथक प्रयासले सार्थकता पाउन लागेको बताएकी छन् । ‘अथक प्रयासपश्चात हामी सबैको सपना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्य पूरा हुँदै’, उनले सोमबार साँझ भनेकी छन्, ‘चितवनबासीलगायत सम्पूर्ण खेलाडीहरूमा बधाई । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई हार्दिक धन्यवाद !’

तपाईको प्रतिक्रिया