समाचार सुन्नुहोस् :
काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मनोनयन दर्ता गरेका छन्। सभापति लामिछानेले आज साेमबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर चितवन- २ का लागि मनोनयन दर्ता गराएका हुन्।
गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सभापति लामिछाने चितवन- २ बाट भारी मतले विजयी भएका थिए। नागरिकता प्रकरणमा सर्वाेच्च अदालतबाट दाेषी ठहरिएपछि उनकाे सांसद पद गुमेका कारण उपनिर्वाचन हुन लागेको सो क्षेत्रमा उनले पुन:उम्मेदवारी दर्ता गराएका हुन्।
तनहुँ जाने कार्यक्रम भएकाले लामिछानेले आज बिहानै उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्ता गराएर उनी रास्वपाका अर्का उम्मेदवार स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ- १ जाँदैछन्। लामिछानेविरुद्ध चितवन- २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ, नेकपा एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले सबै दललाई फरक-फरक समय तोकिदिएको छ।