काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार सोमबार १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ २८ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ६८ पैसा कायम भएको छ । यसैगरी युरो १ को खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा तथा पाउण्ड स्टर्लिङ १६१ रुपैयाँ ०६ पैसा खरिददर र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर १० रूपैयाँ ०७ पैसा र बिक्री दर १० रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
तपाईको प्रतिक्रिया