Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ। युरोपियन युरोको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८२ पैसा रहेको छ।

युके पाउण्ड स्टर्लिङको खरिददर १७३ रुपैयाँ २० पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्रयाङ्कको खरिददर १५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा छ। सिङ्गापुर डलरको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। त्यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया