Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको अर्काे उच्च प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ । पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा ६–० को सानदार जित निकाल्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । पोर्चुगलको फराकिलो जितमा कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक गोल गरे ।

पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकाल्न सफल भयो । लक्जेमवर्गमा आइतबार राति गोलको वर्षा भएको एकपक्षीय खेलको नवौं मिनेटमा रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता लिन सफल भयो । उनले नुनो मेन्डेसको हेडरलाई फाइनल टच दिएका थिए ।१५औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बर्नाडो सिल्भाको क्रस पासलाई उनले हेडमार्फत फारपोस्टमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो । उनले जोओ पाल्हिन्हाको पासलाई सदुपयोग गरे ।

३१औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो । पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि लिचेस्टाइनविरुद्ध पनि दुई गोल गरेका थिए । यससँगै रोनाल्डोले १९८ खेलमा १२२ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने तथा पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडी हुन् ।

७७औं मिनेटमा परिवर्तित खेलाडी ओटाभियोले गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । ७५औं मिनेटमा फेलिक्सको स्थानमा मैदान छिरेका उनले दोस्रो मिनेटमा नै अर्का परिवर्तित खेलाडी राफयल लियो पासमा गोल गर्न सफल भए ।८५औं मिनेटमा राफयल लियो पेनाल्टीमा चुकेपनि ८९औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाए । लियो ७५औं मिनेटमा ब्रुनो फर्नान्डेसको स्थानमा मैदान छिरेका थिए ।

यस जितसँगै पोर्चुगलले समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा रहेको छ । पोर्चुगलको २ खलेबाट ६ अंक पुगेको छ । पराजित लक्जेमवर्ग १ अंक जोडेर पाँचौं स्थानमा छ ।यही समूहको अर्काे खेलमा स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले तथा आइसल्यान्डले लिचेस्टाइनलाई ७–० ले पराजित गरेको छ ।यस नतिजासँगै स्लोभाकिया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बोस्निया र आइसल्यान्डको समान ३ अंक छ । लिचेस्टाइन अंकविहीन हुँदै पुछारमा छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया