Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौं – नागरिक उड्डयन प्राधिकारणले तीनजना एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई कारवाही गरेको छ ।

गत शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज झण्डै ठोक्किने अवस्थामा पुगेपछि उनीहरूलाई केही समयका लागि सक्रिय जिम्मवारीबाट मुक्त गराइएको प्राधिकरणका प्रवक्ता जगन्नथा निरौलाले जानकारी दिए । ‘दुई जहाजबीचको दूरी कायम नगराएका कारण उहाँहरूलाई प्राधिरणले केही समयका लागि निष्क्रिय गरएको हो,’ उनले भने, ‘शुक्रबार नै यस घटनामाथि छानविन गर्न समिति गठन भएको छ ।’

उनका अनुसार समितिले भोलिसम्म प्रतिवेदन बुझाएपछि थप कारवाही प्रक्रिया अघि बढ्ने छ । मलेसियाको क्वालालम्पुरबाट आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाका जहाज झण्डै ठोक्किएका थिए ।

त्यतिबेला एयर इन्डियाको जहाज १९ हजार फिटमा थियो भने नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा । एयर इन्डियाको जहाज ७ हजार फिट तल ओर्लिएपछि झण्डै दुई जहाज ठोक्किने अवस्था आएको थियो ।

तपाईको प्रतिक्रिया