Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन् ।

राष्ट्रपति निवास शीतलनिवासमा सांसदहरूका लागि शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति पनि आफू सदैव सचेत रहेको बताएका हुन् । उनले भने, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’

राष्ट्रपति पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने पनि बताए । राष्ट्रपति पौडेलले संघ तथा प्रदेशका सांसदहरूसँग भेटघाट गरेका छन् । उपराष्ट्रपति निर्वाचनमा मत दिन काठमाडौँ आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले चियापान तथा भेटघाटको लागि शीतलनिवासमा बोलाएका हुन् ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थिति थियो। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट कार्यक्रम आयोजना गरेका हुन् ।

तपाईको प्रतिक्रिया