समाचार सुन्नुहोस् :
काठमाडाैं – उपराष्ट्रपति पदका लागि निर्वाचन सुरू भएको छ । संसद् भवनको लोत्से हलमा शुक्रबार बिहान १० बजेदेखि निर्वाचन सुरू भएको हो । निर्वाचनका लागि संघ र प्रदेशका सांसद मतदाता रहनेछन् ।
भावी राष्ट्रपतिको प्रतिस्पर्धामा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा छन् । शाक्य एमाले, साह आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । जनमत पार्टी गठबन्धनमै भए पनि सो पार्टीकी झाले पनि उम्मेदवारी दिएकी छन् ।निर्वाचन आयोगले मतदानाको नतिजा आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।