Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच लाहोरस्थित खाननिवास अगाडि झडप भएको छ भने प्रमुख सहरमा प्रदर्शन भएका छन् । पूर्व प्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् ।

गए राति पनि पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकले ढुंगामुढाले प्रतिकार गरेका थिए ।

पिटिआईका एक कार्यकर्ताका अनुसार पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोली समेत हान्न थालेका छन् । गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आमनिर्वाचनको माग गर्दै आएका छन् ।

सार्वजनिक रूपमा सरकारको कटु आलोचना गर्दै आएका खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उनलाई बोलाएको छ ।

तपाईको प्रतिक्रिया