काठमाडौं – एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्यालेस्टाइनमाथि शानदार जित हासिल गरेको छ । नेपालले प्यालेस्टाइनलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
खेलको पहिलो हाफमा २-० को अग्रता लिएको नेपालले खेलको दोस्रो हाफमा ४ गोल गरेको थियो । एएफसी यू-२० महिला एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।
यस समूहमा रहेको युएईले प्रतियोगिताबाट नाम फिर्ता गरेकाले यस समूहमा तीन देशले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणका खेलहरु आगामी जुनमा हुने छन् ।
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९
प्रकाशित समय: ०:०७:५९