Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – मुलुकको नयाँ राष्ट्रपति चयनका आज मतदान हुँदैछ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको हो ।

राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ ।

प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ भतभार भएको राष्ट्रपतीय चुनावमा जनताको प्रत्यक्ष सहभागिता नहुने भएकाले यसले जनस्तरमा चर्चा पाएको छैन । ९ दलीय गठबन्धनको मतभारको आधारमा रामचन्द्र पौडेलको जीत निश्चित देखिन्छ । राष्ट्रपति बन्न आवश्यक मतभारभन्दा धेरै मत पौडेलको पक्षमा देखिन्छ ।

एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङको मतभार कम देखिन्छ । २७ हजार हाराहारी मतभार हुँदा राष्ट्रपति निर्वाचित हुन्छ । ९ दलको मतभार ३२ हजार बढी छ । नेम्बाङको पक्षमा १५ हजार बढी मतभार छ ।

प्रतिनिधिसभाका २७३, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० सांसदहरुको मतदानबाट हुने चुनावी परिणाम गणित जस्तै आउँछ वा आउन्न ? यो हेर्ने चुनावी नतिजा नै आउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया