Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमान चालक (पाइलट) लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका छन् । काठमाडौं–दुबई–काठमाडौं उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन् ।

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि रासससँग कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए । महिलाहरूको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । ‘पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटी महिलाहरूले उडाएको जहाज ऐतिहासिक छ र आज ११३औं विश्व महिला दिवस भएकाले मैले उहाँहरू (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरूको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ,’ पर्यटनमन्त्री किरातीले भने । यो उडानमार्फत पनि महिलाहरूले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गरे ।

निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौंदेखि दुबई भएर पुनः काठमाडौं) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सिर्जना राउतको टोलीले काठमाडौं–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।उनका अनुसार महिला चालक दलले बुधवार निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौंको उडान भरेका हुन् । २ महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान भरेका थिए ।

निगमको बुधवारको दुबई–काठमाडौं उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतले उडाएका थिए । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । बुधवार अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी ६ जना महिला पाइलट छन् ।

 

तपाईको प्रतिक्रिया