Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – इलाम कारागारभित्र क्सी खाँदै जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन शुरु गरेको छ । समिति नै गठन गरेर छानबिन शुरु गरिएको हो । स

ञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै रक्सी खाँदै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । यो समितिले काम थालिसकेको संयोजक थापाले बताए । भिडियो कहिलेको हो र को-को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, रक्सी खान, जुवातास तथा मोबाइल फोन समेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम यी काम भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने रक्सी खाने, जुवातास तथा मोबाइल फोनसमेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ ।

जेलर सुमित मगरले सार्वजनिक भिडियो कारागारभित्रकै रहेको स्वीकार गरे । उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताए । कारागारको क्षमता एक सय २५ जनाको भए पनि अहिले यहाँ दुई सय ८० जना छन् ।

तपाईको प्रतिक्रिया