Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यहरूसँग छलफल गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा देउवाले छलफल गरेका हुन्।

सभापति देउवाले धुम्बाराहीस्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।

छलफलमा महामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकलगायत उपस्थित छन्। फागुन १३ मा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ८ दलले समर्थन गरेर मनोनयन गर्दा वर्तमान सरकारलाई समस्या पर्ने देखिएमा विश्वासको मत दिनेलगायत सहयोग गर्ने निर्णय कांग्रेसको थियो। सोहीअनुसार अघि बढ्न देउवाले नेताहरूसँग आन्तरिक छलफल गरेका छन्।

 

तपाईको प्रतिक्रिया