काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले ओरालोतर्फ लागेको छ । मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा कायम भएको छ । अघिल्लो दिन सोमबारमात्रै ३.६५ अंकले घटेको बजार २०२३.५४ बिन्दुमा पुगेको थियो ।
त्यस्तै ३९ लाख ४६ हजार २४ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारले १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँ बराबरको कारोबार गरेको छ । आजको कारोबारमा आधीखेला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार युनिभर्सल पावर कम्पनीले ७ करोड ५५ लाख ११ हजार ५८४ रुपैयाँको कारोबार गरेर शीर्ष स्थान कायम गरेको छ ।