Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठक सुरु भएको छ। सिंहदरबारमा सुरु भएको बैठकमा माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, बेदुराम भुसाल, घनश्याम भुसाल, प्रमेश हमाल र प्रकाश ज्वाला तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

तीन दलको संयुक्त बैठकअघि आजै माओवादीले एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफलसमेत गरेको थियो। आजै साँझ नेपाली कांग्रेससहित चार दलको संयुक्त बैठकसमेत बस्दैछ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने मिति नजिकिँदै गर्दा दलहरुले छलफल तीव्र पारेका छन्।

बुधबार कांग्रेस र माओवादीबीच भएको छलफलका क्रममा पुरानो पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अनौपचारिक सहमति भएको बुझिएको छ। उक्त सहमतिलाई अन्तिम रुप दिन दलहरु छलफलमा जुटेका हुन्।

 

तपाईको प्रतिक्रिया