Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – पुष १० गते अघिको तत्कालीन गठबन्धन ब्यूँताउने विषयमा दलहरु निर्णयक छलफलमा जुटेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी सहितका दलहरुको बिहीबार साँझ ६ बजेबाट निर्णयक बैठक बस्ने कांग्रेसका एक नेताले बताएका छन्।

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। त्यसलगत्तै, प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेता र प्रचण्डबीच बुधबार साँझ बालुवाटारमा भेट भएको थियो। त्यसअघि देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेट भएको थियो।

फागुन १३ गते (शनिबार) राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेकोले दलहरुले मौजुदा गठबन्धन कायम राख्ने कि पूर्व गठबन्धन ब्यूताउने भन्नेमा छलफल तीव्र बनाएका छन्। मुख्यत: पुष १० अघिको तत्कालीन गठबन्धनका नेताहरु निर्णायक पहलकदमीमा छन्।

तपाईको प्रतिक्रिया