Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’ को आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सीआईबीले नेपाल टी–२० मा ‘म्याच फिक्सिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान शुरु गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘म्याच फिक्सिङ’ मा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको जनाइएको छ । तर ती सोधपुछ गरिएका व्यक्तिबारे भने सीआईबीका प्रवक्ता एसपी कमल थापाले बताउन चाहेनन् ।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले खेलमा ‘म्याच फिक्सिङ र लाइभ बेटिङ’ भइरहेको छ भन्ने उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् । त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि मंगलबार प्रहरीलाई खेलमा देखिएको विवादबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले पारिश्रमिक नदिई आयोजक भागेकोबारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विस्तृत जानकारी पनि मागेको छ ।

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने चेतावनी दिएका थिए । यही विवादका कारण मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल केहीबेर रोकिएको समेत थियो ।

मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमका केही खेलाडीलाई ‘फिक्सिङ’ लागि प्रस्ताव आएको बताएका छन् । उनले यसबारे आधिकारिक निकायमा रिपोर्टिङ गरिसकेको पनि बताए । त्यस्तै प्रतियोगितामा कमेन्टेटरका रूपमा काम गर्दै आएका सचिन तिमल्सेनाले पनि नेपाल टी–२० मा शंकास्पद गतिविधि देखिएको बताएका छन् । उनले मंगलबारदेखि नै कमेन्टेटरको भूमिका छाडेका छन् ।

उनले भनेका छन्, ‘नेपाल टी–२० लाई कमेन्टेटरका रूपमा नजिकबाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन् । आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन ।’ नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । मंगलबारसम्म ३४ मध्ये २२ खेल सम्पन्न भइसकेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा नआएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया