Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – क्रिस्टियानो रोनाल्डो साउदी आइपुगेका छन्। अल-नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुँदैछन्। विश्व प्रसिद्ध फुटबलर रोनाल्डो सोमबार अबेर मड्रिडबाट रियादको किङ खालेद अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। साउदी समय अनुसार राति ११ बजे परिवारसहित आइपुगेका थिए। अल-नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साउदीको समय अनुसार साँझ ७ बजे मार्सूल पार्कमा दुई घण्टाको स्वागत समारोह आयोजना गरिएको छ। जहाँ उनले सम्झौतामा हस्ताक्षर गर्नेछन् र प्रशंसक र मिडियालाई सम्बोधन गर्नेछन्। रोनाल्डोले अल-नासरमा कहिले डेब्यु गर्ने भन्ने क्लबले अझै घोषणा गरेको छैन।

अल-नासरले आफ्नो कदमलाई ‘इतिहास बनाउन’ भनेको छ। यसले साउदी लिगलाई धेरै कोणबाट लाभ मिल्ने बताइएको छ। रोनाल्डो वार्षिक २०० मिलियन यूरो पारिश्रमिक पाउनेगरी तीन वर्षका लागि क्लबमा अनुबन्ध हुने भएका छन्।

 

तपाईको प्रतिक्रिया