बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं– २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लबले जित निकालेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न भएको प्रतियोगितामा संकटाले आर्मीलाई ३–१ ले हराएको हो। यससँगै मोसफरको सबैभन्दा प्रतिष्ठित गोल्डकपबाट बाहिरिने आर्मी दोस्रो क्लब बनेको छ। संकटाको जितमा मेसुके ओलुमेउ, सुरज ज्यु ठकुरी र स्टेफेन बिनोङले समान १–१ गोल गरेका थिए।

यता आर्मीका लागि फरवार्ड नवयुग श्रेष्ठले एक गोल फर्काए। यो जितसँगै संकटा क्लब सेमीफाइनलमा पुग्ने तेस्रो टिम भएको छ। यसअघि जित निकाल्दै विभागीय क्लब एपिएफ र चर्च बोइज क्लब सेमीफाइनलमा पुगिसकेका छन्। यता पोखरा गोल्डकपको लक्की टिमका रुपमा चिनिएको नेपाल पुलिस क्लब भने बाहिरि सकेकोछ।

चर्च बोइजले चाहिँ आफ्नो पहिलो खेलमा विभागीय टिम पुलिसलाई हराउँदै क्वार्टर फाइनलको यात्रा गरेको थियो। उक्त खेलमा नेपाली स्टार खेलाडी अन्जन विष्टले डेब्यु गोलसमेत गरेका थिए। त्यस्तै पहिलो क्वार्टरफाइनल खेलमा धरानलाई हराउँदै विभागीय टिम एफिएफले समीफाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक सहारा क्लबलाई हराउँदै धरानले विजय निकालेको थियो। अहिले धरान पनि बाहिरिसकेको छ।

 

तपाईको प्रतिक्रिया