Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उक्त जानकारी दिएको हो ।

जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक करिडोर बाहिर खसेको हुनसक्ने बताए । जापानी रक्षा मन्त्रालयका अनुसार यी क्षेप्यास्त्र ५५० किलोमिटर (३४२ माइल) को उचाइमा उडेका र २५० किलोमिटर (५३ माइल) को दूरी तय गरेका थिए।

हालसम्म कुनै क्षतिको खबर नआएको उप रक्षामन्त्रीले बताए । उत्तर कोरियाले बिहीबार उच्च थ्रस्ट ठोस इन्धन इन्जिनको पनि परीक्षण गरेको छ । विज्ञहरूका अनुसार यसले ब्यालेस्टिक मिसाइललाई छिटो प्रक्षेपण गर्न मद्दत गर्छ।

यो परीक्षणमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको पनि नजर थियो । उत्तर कोरियाले यो वर्ष अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सहित धेरै क्षेप्यास्त्र परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्र अमेरिकी भूमिसम्म पुग्न सक्ने क्षमताको भएको बताइएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले यी परीक्षणहरू गरिरहेको छ।

तपाईको प्रतिक्रिया