Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा प्रवेश गरेका छन् । स्टेडियम नाइन सेभेन फोरमा सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।पराजित भएपनि पोल्यान्ड गोल अन्तरमा मेक्सिको लाई पछि पार्दै समूह उपविजेताका हैसियतले अन्तिम १६ प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलिएन एलभरेजले गोल गरे । खेलको ३९औं मिनेटमा पाएको पेनाल्टि सदुपयोग गर्न नसक्दा अर्जेन्टिना अग्रता लिन चुकेको थियो ।

पोल्यान्डका गोलकिपर ओज्सिज सजजेस्नीले पेनाल्टि बक्स भित्र लियोनेल मेसीलाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । सोहि पेनाल्टिमा मेसीले गरेको प्रहार सजजेस्नीले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।एलभरेजले ६७औं मिनेटमा गोल गरेसँगै अर्जेन्टिनाले २–० को नतिजामा जित पक्का गरेको हो । समूह ‘सी’ कै अर्को खेलमा साउदीअरबलाई २–१ गोलको नतिजामा पराजित गरेपनि मेक्सिको पोल्यान्डसँग गोल अन्तरमा पछि परेपछि बाहिरिएको छ । जितसँगै अर्जेन्टिनालो प्रि–क्वार्टरफाइनलमा समूह ‘डी’ को उपविजेता अस्ट्रेलियाको सामना गर्नेछ । यस्तै, पोल्यान्डले सोहि समूहको विजेता फ्रान्ससँग खेल्नेछ ।

विश्वकप दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेल साउदीअरबसँग २–० गोलको नतिजामा पराजित हुँदै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा मेक्सिकोलाई २–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले अन्तिम १६ पुग्ने सम्भावना जिवितै राखेको थिया । उतारचडावपूर्ण रहेको अर्जेन्टिनाको समूह चरण यात्रामा जितसँगै ६ अंक जोडेर शिर्ष स्थानमा रहयो । पहिलो खेल मेक्सिकोसँग गोलरहित बराबरीमा खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदीअरबलाई २–० गोलको नतिजामा पराजित गरेको थियो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया