Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले कतारलाई २-० गोलअन्तरले पराजित गर्‍यो । त्यसैगरी, सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले पाखा लगायो । नेदरल्यान्ड्सलाई तेस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डी जोङले एक-एक गोल गरे । कोडीले २६ औँ तथा फ्रेन्कीले ४९ औँ मिनेटमा गोल गरे ।

यता सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कोलीबेलीले एक-एक गोल गरे । सारले ४४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा कालिडोउले ७० औँ मिनेटमा अर्को टिमको दोस्रो गोल गरे । इक्वेडरका लागि एकमात्र गोल मोइसेस कासेडोले ६७ औँ मिनेटमा गरे ।

यससँगै नेदरल्यान्ड्सले समूह चरणका तीनमध्ये २ खेलमा जित तथा १ खेलमा बराबरीसहित ७ अंक जोड्यो । यता २ खेलमा जित तथा एक खेलमा पराजय भोगेको सेनेगलले ६ अंक जोड्यो । तीनवटै खेलमा पराजय भोगेको आयोजक कतार तथा एक जित, एक हार र एक बराबरीसहित ४ अंक जोडेको इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

इंग्ल्यान्ड र अमेरिका पनि पुगे नकआउट चरणमा

काठमाडौँ – इंग्ल्यान्ड र अमेरिकाले पनि कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । इंग्ल्यान्ड समूह ‘बी’ विजेता तथा अमेरिका उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह ‘बी’ को अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । तीन मध्ये २ खेलमा जित तथा एक खेलमा बराबरी खेलेको इंग्ल्यान्डले ७ अंक जोड्यो ।

वेल्सविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउन मार्कस रासफोर्डले ५० औँ तथा ६८ औँ मिनेटमा गरी दुई गोल गरे भने फिल फोडेनले ५१ औँ मिनेटमा एक गोल गरे । इंग्ल्यान्डसँग पराजित भएको वेल्सले समग्रमा तीन खेलबाट केवल एक अंक मात्र पायो ।

अर्कोतर्फ अमेरिकाले इरानलाई १-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश पायो । अमेरिकाले तीन मध्ये एक खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको थियो । अन्तिम खेलमा इरानलाई पराजित गर्दा अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले निर्णायक गोल गरे । पुलिसिकले ३८ औँ मिनेटमा अमेरिकाका लागि गोल गरे । अमेरिकासँग पराजित भएपछि ३ मध्ये केवल एक खेल जितेको इरान प्रतियोगिताबाट बाहिरियो ।

 

 

तपाईको प्रतिक्रिया