Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपअन्तर्गत गएराति सम्पन्न आ–आफ्ना खेलमा जित हात पार्दै स्पेन र बेल्जियमले विजयी सुरुवात गरेका छन् । समूह `इ´ को खेलमा स्पेनले काेस्टारिकाविरुद्ध ७–० काे फराकिलो जित निकाल्याे ।

स्पेनले विश्वकपमा कुनै पनि टोलीविरुद्ध पहिलोपटक सात गाेलकाे फराकिलो जित हात पारेकाे हो । अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई, डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक/एक गोल गरे । स्पेनले खेलकाे ११ औं मिनेटमा ओल्मोको गोलमार्फत अग्रता लिएकाे थियो । यो स्पेनका लागि विश्वकपमा १०० औं गोल हो । २१ औं मिनेटमा एसेन्सियोले टाेलीकाे अग्रता दाेब्बर बनाए । ३१ औं मिनेटमा टोरेसले पेनाल्टीमार्फत गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० काे आरामदायी अग्रता लियाे ।

कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे । ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो तथा टाेलीका लागि चाैथाे गाेल गरे । ७५ औं मिनेटमा गाभीले स्पेनलाई ५–० को अग्रता दिलाए ।याेसँगै १८ वर्ष ११० दिनका गाभी विश्वकपमा गाेल गर्ने सबैभन्दा कान्छा स्पेनिस खेलाडी बनेका छन् । ९० औं मिनेटमा सोलेरले टाेलीका लागि छैटौँ गाेल गरे । थप गरिएकाे समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए ।

याे जितसँगै स्पेनले ३ अंक जाेड्दा काेस्टारिकाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ । त्यस्तै, समूह `एफ´ काे खेलमा बेल्जियमले क्यानडाविरुद्ध १–० को कठिन जित निकाल्याे ।अहमद बिन अली(अल रायन) स्टेडियममा दिलाउन मिसी बात्सुयीले गरेकाे एक मात्र गाेल बेल्जियमकाे जितमा निर्णायक बन्याे । उनले खेलको ४४ औं मिनेटमा टाेबी एल्डरवेइरेल्डको पासलाई सदुपयाेग गरेका हुन् ।त्यसअघि खेलको ११ औं मिनेटमा अल्फन्सो डेभिस पेनाल्टीमा चुक्दा क्यानडाले सुरुवाती अग्रता लिने अवसर गुमाएकाे थियाे । ​उनकाे प्रहारलाई बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर, त्यसमा डेभिस सफल हुन सकेनन् । ​यो जितसँगै बेल्जियमले ३ अंक जाेड्दा क्यानडाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया