Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अहिलेसम्म २० पटकको विश्वकप फुटबलको यात्रामा केबल ८ देशले मात्र विश्वकप फुटबलको उपाधि जितेका छन् । जसमा ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, उरुग्वे, फ्रान्स इङल्याण्ड र स्पेन रहेका छन् । यी ८ देशमा ब्राजिलले ५ पटक, जर्मनी र इटालीले ४-४ पटक विश्वकप जितेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यस्तै अर्जेन्टिना र उरुग्वेले २-२ पटक विश्वकप जितेका छन् भने फ्रान्स, इङल्याण्ड र स्पेनले एक एक पटक विश्वकप जितेका छन् । तर यी ८ टिम मध्ये दुई टिम यस्ता छन् जसले विश्वकपको उपाधि लागातर दुई पटक जितेका छन् । ति दुई देश इटाली र ब्राजिल हुन् ।

इटालीले सन १९३४ र १९३८ मा लगातार विश्वकपको उपाधि जित्न सफल भएको थियो । सन १९३४ मा आफ्नै देशमा आयोजना भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा चेकोस्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै जितेको थियो भने सन १९३८ मा फ्रान्समा आयोजना भएको विश्वकपमा फाइनलमा हंगेरीलाई ४-२ गोल अन्तरले पराजित गरेर उपाधि जितेको थियो ।

त्यस्तै ब्राजिलले पनि सन १९५८ र १९६२ को विश्वकप लगातार जितेको छ । सन १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपको फाइनलमा आयोजक स्विडेनलाई ५-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै सन १९६२ मा चिलीमा आयोजना बह्येको विश्वकपमा फाइनलमा चेकोस्लोभाकियालाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया