टोकियो – फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र जापान क्यानडासँग २-१ ले पराजित भएको छ । दुबईस्थित अल मोक्तोम रंगशालामा जापानले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
जापानले नवौँ मिनेटमा युकी सोमाको गोलबाट अग्रता लिएको थियो । क्यानडाका स्टेभन भिक्टोरियाले २१औँ मिनेटमा बराबरी गोल फर्काए । इन्जुरी समयमा लुकास ड्यानियल काभालिनीले पेनाल्टीमा गरेको गोल क्यानडाको जितमा निर्णायक बन्यो । जापानका मिकी यामानेले रिची लार्ययालाई फाउल गरेपछि क्यानडाले पेनाल्टीको अवसर पाएको थियो ।
जापान कतार विश्वकपको समूह ‘ई’मा छ । जापानले जर्मनीविरुद्धको खेलबाट विश्वकपको सुरुआत गर्नेछ । जपानले समूह चरणमा जर्मर्नीसँगै स्पेन र कोष्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । क्यानडा भने समूह ‘एफ’मा छ ।
क्यानडाले २४ नोभेम्बरमा बेल्जियमविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । क्यानडाले समूह चरणमा बेल्जियमबाहेक क्रोएसिया र मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।