काठमाडौं – ईङल्याण्डले टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा ईङल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।
पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछाएको ईङल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ईङल्याण्डको लागि बेन स्टोक्सले सर्बाधिक ५२ रन बनाएका थिए । स्टोक्सले उत्कृष्ट ब्याटिंग गर्दै ४९ बलमा अविजित ५२ रन बनाएका थिए ।
कप्तान जोस बटलरले २६ रन बनाए भने ह्यारी ब्रूकले २० रनको योगादन दिएका थिए । त्यसैगरी मोइन अलीले १९ र फिल साल्टले १० रनको योगदान दिएका थिए । त्यस्तै पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने शाहिन शाह अफ्रिदी र षडाब खानले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसूदले सर्बाधिक ३८ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३२ रन बनाए । त्यस्तै षडाब खानले २०, मोहमद रिजवानले १५ रनको योगदान दिए ।
ईङल्याण्डका बलर साम कुरानले सर्बाधिक ३ विकेट लिए । कुरानले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै आदील रशिद र क्रिस जोर्डनले २-२ विकेट लिए भने बेन स्टोक्सले एक विकेट लिए । योसँगै ईङल्याण्डले दोस्रो पटक आइसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । ईङल्याण्डले यस अघि २०१० मा वेस्टइण्डिजमा आयोजित विश्वकप जितेको थियो ।