Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – र्‍यापर जी-बबको परिवार र अल नेपाल थग फेमिली (एएनटीएफ)बीच सम्झौता भएको छ । जसमा कन्सर्टदेखि सेयर बाँडफाँटसम्मका बुँदा समेटिएका छन् । हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी-बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको हो । यो सहमतिसँगै जी-बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुनेछन् ।

नेपालमा हुने प्रत्येक कन्सर्टमा जी-बबको घरका एकजना सदस्य अनिवार्य उपस्थित हुने सहमति जुटेको छ । तर विदेशमा चाहिं भिसा लगायतका प्रक्रियामा यो बुँदा निर्भर हुनेछ ।जी-बबको एउटा कन्सर्टबाट प्राप्त हुने रकममध्ये ७० प्रतिशत हिस्सा परिवारले प्राप्त गर्नेछ भने बाँकी ३० प्रतिशत एएनटीएफले । रकम सिधै जी-बबका आमाबुवाको खातामा पठाइनेछ ।

हाकिम गुरुङले दिएको जानकारी अनुसार एएनटीएफले देश तथा विदेशमा गरी ५० वटा शो आयोजना गर्दैछ । यी प्रत्येक शोमा आमाबाबुले जी-बबलाई अनिवार्य उपस्थित गराउनुपर्नेछ र नगराएको खण्डमा क्षतिपूर्ति तिर्नुपर्ने सहमति पनि भएको छ । सहमतिअनुसार अब जी-बब सांगीतिक टुरमा सक्रिय हुनेछन् र शोका टिकट पनि बिक्री थालिनेछ ।

सहमति पत्रमा जी-बबका बुवा राजकुमार भण्डारी र आमा हरिमाया तथा एएनटीएफका तर्फबाट आशिष सुवेदीले हस्ताक्षर गरेका छन् । जी-बब अहिले गोदावरीस्थित एक पुनर्स्थापना केन्द्रमा छन् । उनको चालचलनमा पछिल्लो समय सुधार आएको जनाइएको छ । केही महिना पहिले छोरालाई बन्धक बनाएको भन्दै जी-बबका आमाबुबाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । जी-बबले पनि आमाबाबुविरुद्ध उजुरी दिएपछि तनाव चुलिएको थियो ।

तर बिहीबार सम्झौता भएसँगै महिनौंदेखिको जी-बबको तनाव मत्थर भएको अनुमान गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया