Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – कुनै समय थियो नयाँ गीत सुन्न हेर्नका लागि महिनौँ कुर्नु पर्थ्यो । तर त्यो समय अहिले छैन प्रायः दैनिक एक न एक नयाँ गीत सार्वजनिक भएकै हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसमा पनि लोक शैलीका गीत र विदेशी गीतले यतिखेर दर्शक तानिरहेका छन् यतिखेर । अहिलेका गीतमा धेरै तडकभडक भएका चकलेटी गीत सुनिन्छन् तर मथिङ्गल नै हल्लाउने भावनात्मक गीत कमै सुनिन्छन् । यो सूत्र सङ्गीतमा मात्र होइन, अन्य क्षेत्रमा पनि देखिएको छ । मौलिकता र नेपाली कथा बोलेका गीत बिरलै सुन्न पाइन्छ ।

तर जापानमा रहँदै आएका सर्जक तोरण थापा मगरले मौलिकतालाई भुलेका छैन । परदेशमा रहेर पनि नेपाली गीत सङ्गीतमा टेवा पुर्‍याउँदै आएका तोरणका शब्द रचनामा रहेको गीत ‘मेरो कथा मेरो गीत..’ भर्खरै सार्वजनिक भएको छ । परिस्थितिवश छुट्टिएर बस्नु परेका प्रेमीको कथा समेटिएको गीतमा ताराश्रीस मगरले स्वर दिएकी छन् । उनी गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ की फस्ट रनरअप हुन् ।

केटा पात्रले दुईटी केटीसँग प्रेम गरेको विषयलाई उठाएको गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा केटीले माया गर्ने केटाको अर्कै केटीसँग पनि अफिअर गरेको देखाइएको छ । अर्को केटीसँग अफिअर रहेको थापा पाएपनि पहिलो प्रेमिकाले उसलाई छोडेर अर्कैसँग बिहे गर्छिन् भने केटाले मन मराएको केटीको पनि अर्कैसँग प्रेम रहेको देखाइएको छ ।

गीतका उत्पादक पनि तोरण थापा मगर हुन् भने मिस्टर सुबोधले सङ्गीत भरेका छन् । विशाल राईको निर्देशन र सुसन रोक्का मदन राईको सम्पादन रहेको गीतको म्युजिक भिडियोमा सुभाष जे थापा, स्वस्तिका राना मगर, अभिनभ खड्का, राजन हमाल र प्रेक्षा थापाको अभिनय देख्न सकिन्छ ।

आजकालका युवा पुस्ताको मनोभावनालाई कथामा उतारिएको गीत भिडियो निकै उत्कृष्ट बनेको छ । मार्मिक शब्द संयोजक रहेको गीत श्रोता दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया