बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म आयोजना हुने भएको छ । ‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवका लागि पुष १० सम्म आवेदन दिन पाइनेछ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय फिचर, लघु, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको विधामा आवेदन दिन पाइने आयोजकले जनाएको छ । अन्तरराष्ट्रिय प्रतिस्पर्धामा शुल्क लागे पनि राष्ट्रिय प्रतिस्पर्धाका विधामा फिल्मकर्मीले निः शुल्क आवेदन दिन पाइने बताइएको छ ।

महोत्सवका लागि टिम क्वेष्टसँग भेन्यू पार्टनरका लागि सम्झौता भएको छ । निफको आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान र टिम क्वेटबीच पाँच वर्षका लागि सम्झौता भएको हो । सम्झौतामा निफका अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रबन्धक प्रशंसा पाण्डेले हस्ताक्षर गर्दै निफमा छनौट भएका फिल्महरु हलको सबैभन्दा ठूलो च्यानल रहेको क्युएफएक्समा देखाइने पक्का भएको हो ।***

तपाईको प्रतिक्रिया