Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – बलिउड सुपरस्टार आमिर खान आफ्नो महत्त्वाकांक्षी फिल्म लाल सिंह चड्ढा फ्लप भएपछि स्तब्ध छन् । फिल्म नचलेपछि दुःखित भई उनी अमेरिका पुगेका छन् । त्यहाँबाट उनले एउटा भिडियो अप्लोड गरी भारतीयहरूसँग माफी मागेका छन् ।

फिल्मको बहिष्कार गर्नका लागि अभियान चलेको थियो । अनि फिल्म रिलीज भएपछि दर्शकले पनि त्यसलाई दुत्कारेका थिए । सिनेमा हल नै खाली भएको थियो । फिल्म रिलीज हुनुअघि आमिरले दर्शकहरूलाई हात जोडेर माफी मागेका थिए । तर मानिसहरू पग्लिएनन् र उनको फिल्म हेर्नै गएनन् ।

भिडियोमा माफी माग्दै आमिरले भने, ‘हामी सबै मान्छे नै हौं । गल्ती हुने हामीबाटै हो । कहिले बोलेर, कहिले क्रियाकलापबाट, कहिले नजानिकनै, कहिले रिसाएको बेलामा, कहिले ठट्टामा, कहिले कुरै नगरेर । मैले तपाईंहरूको मन दुखाएको भए मन, वचन र कायामार्फत माफी माग्छु ।’ ट्रोलिंग पछि त्यसलाई मेटाए ।

तपाईको प्रतिक्रिया