काठमाडौँ – चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि चुनाव लड्ने भएका छन् । उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय अझै फाइनल हुन बाँकी रहेको कलाकार कुमार कट्टेलले बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने–‘छलफल जारी रहदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ आफु उम्मेदवार बन्ने नबन्ने निर्णय नभएपनि बन्न सक्ने सम्भावन धेरै भएको उनले सुनाए । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, भाद्र १५, २०७९
प्रकाशित समय: १६:४७:१८