Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – गत आर्थिक वर्ष २०७८७९ मा नेपालले २१ हजार ६ सय २९ किलो घ्यू विदेश निर्यात गरेको छ । भन्सार विभागका अनुसार नेपालले गत वर्ष २१ हजार ६ सय २९ किलो घ्यू निर्यात गरेर १ करोड ९३ लाख ३ सय ५२ रुपैयाँ आम्दानी गरेको हाे ।

नेपालले जापान, भारत, क्यानडा र हङकङमा घ्यू पठाएको छ । सबैभन्दा धेरै भने जापानले २० हजार ३ सय ५ किलो घ्यू १ करोड ८७ लाख ७९ हजार रुपैयाँमा किनेको छ ।

त्यसैगरी, दोस्रोमा क्यानडाले ४ सय ६० किलो घ्यू १९ लाख रुपैयाँमा किनेको छ । भारतले ३ सय ३८ किलो घ्यू ३९ लाख २० हजार रुपैयाँमा किनेको छ । त्यस्तै, सबैभन्दा कम हङकङले २० हजार रुपैयाँमा २६ किलो घ्यू किनेको छ ।

उत्पादन गर्न सक्ने हो भने बजार पाउनका लागि समस्या नभएको घ्यू निर्यातकर्ताहरु बताउँछन् । सरकारले घ्यू निर्यातको क्षेत्रमा ध्यान दिन सकेमा केहि वर्षमै वार्षिक एक अर्ब रुपैयाँको घ्यू निर्यात गर्न सकिने व्यवसायीको भनाई छ ।

तपाईको प्रतिक्रिया