Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

टोकियो – जापान मनि एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई)ले जेएमई एप सार्वजनिक गरेको छ । कम्पनीले थप सुविधाका साथ एप सार्वजनिक गरेको हो ।

भुक्तानीका लागि लसन बैङ्कसँग सहकार्य गरी जेएमई डिपोजिट कार्ड पनि बजारमा ल्याएको छ । कम्पनीकाअनुसार अन्य कम्पनीको जस्तै धेरै कार्ड बोकिरहनुपर्ने छैन । अब एउटै कार्डबाट धेरै व्यक्तिलाई पैसा पठाउन सकिने भएको हो ।

एपमार्फत जहाँबाट जहिले पनि आफूले चाहेको व्यक्तिलाई पैसा पठाएर जेएमई कार्डमार्फत लसनको एटिएममा गएर डिपोजिट गर्न सकिने छ ।

विशुद्ध नेपालीको लगानीमा सञ्चालित जापान सरकारको सम्बन्धित निकायमा विधिवत् रूपले दर्ता भई नेपालीहरूकै पहिलो रेमिट कम्पनी बन्न सफल जेएमईले विगत २०१० देखि नेपाललगायत संसारको विभिन्न मुलुकमा विप्रेषण सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

नेपालमा १० हजारभन्दा बढी एजेन्टहरूमार्फत भुक्तानी हुनुको साथै सबै बैङ्कहरूमार्फत रियल टाइम पेमेन्ट सुविधा प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया