Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आगामी शुक्रबार ल्याउने भएको छ । साउनको पहिलो साताको सुरुवातीमै ल्याउने भनिएको मौद्रिक नीति राजनीतिक दाउपेचका कारण शुक्रबार आउने भएको हो ।

अर्थमन्त्रीले बजेट निमार्णका क्रममा अनाधिृत व्यक्ति सहभागी गरी करका दर परिवर्तन गरेको तथा सीसीटीभी फुटेज डिलिट गरेको अरोप लागेपछि संसदीय समितिले छानविन सुरु गरेको छ । सोही छानवीका कारण अर्थ सचिव मधु कुमार मरासीनीले समय निकाल्न नसक्दा साउन महिनाको पहिलो साताको सुरुवातीमा ल्याउने भनिएपनि नसकिको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

“मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अर्थ सचिव मधुकुमार मरासीनी पनि सोही समितिका लागि समय दिनुपर्ने भएकाले केही ढिला हुन गएको हो,” राष्ट्र बैंक स्रोतले भन्यो,“अहिले शुक्रबार मौद्रिक नीति ल्याउने गरी गृहकार्यमा लागेका छौ ।” सबै क्षेत्रले अर्थतन्त्रको अवस्था बुझेको हुनाले आवश्यकता अनुसारको मौद्रिक नीति आउनुपर्ने सुझाएको हुनाले पनि चालु आवका लागि कसिलो नीति अबलम्बन गर्नु आवश्यक रहेको समेत स्रोतले जानकारी दियो । त्यसका लागि केन्द्रीय बैंकले मनि सप्लाइलाई नियन्त्रण गर्ने तथा अनुत्पादक क्षेत्रको कर्जा निरुत्साहित हुने गरी नीतिको तयारी भैरहेको स्रोतले जानकारी दियो ।

तपाईको प्रतिक्रिया