Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

तिम्रो लागि जिउने मर्ने कति कति
ज्यानै फाली हत्ते गर्ने कतिकति
यथार्थमा कस्को हुने हौ कुन्नी ?
कल्पनामा सिउदों भर्ने कति कति

दोहा – नवलपरासी दाउन्नेदेवी-७ का गजलकार श्याम रानाभाटले निकै मिठो लय मिलाई गजल गाएर उपस्थितलाई मन्त्रमुग्ध बनाए । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर र नवोदित साहित्यिक मोबाइल पुस्तकालयको १९ औं डबली कार्यक्रम हालै दोहाको टपर्फम रेस्टुरेण्टमा सम्पन्न भएको हो ।

संस्थाका सदस्य सितारमा थापाको संयोजकत्वमा सञ्चालन भएको डबलीमा विशिष्ट श्रोतामा कमलमणि गुरागाई रहनुभएको थियो भने दोहामा छरिएर रहेका साहित्यानुरागी तथा समाजसेवीहरुको पनि उत्तिकै वाक्लो उपस्थित रहेको थियो ।

देशप्रेम, मायाप्रीति र प्रवासी बेदनामा लगायतका रचना संगै आउँदै गरेको बडा दशैको गजल, कविताबाटनै कविहरुले उपस्थित र्सजकहरुलाई शुभकामनाका दिएका थिए । यसै क्रममा गोरखाका राजेश्वर ढकालले आफ्ना गजल यसरी पस्किएका थिए ।

दशैतिहार धेरै भयो हासखेल गर्न पाको छैन
आशिष थाप्दै मान्यजनका हातको टिका लाको छैन
दशै खर्च पठाउनु हुन्न भनि सोध्छिन प्यारी
महिना त मरिसक्यो तर तलब आको छैन ।

यो र यस्तै अन्य रचनाहरुले प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो घर परिवारको यादले सताएको अनुभूति गराएको थियो । साथै बीचबीचमा कार्यक्रम सञ्चालकले विभिन्न प्रेरक प्रसंग सुनाउदै कार्यक्रमलाई अझै रोचक बनाएका थिए । दर्जनौ कविहरुको उपस्थिति रहेको सो साहित्यिक कार्यक्रममा २ घण्टाको समय साहित्यमा झुमेको थियो ।

यसै क्रममा सँस्थाले आगमी २४ नभेम्बर शनिबारका दिन काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा २० औं डबली साहित्यकार वैरागी काईलाको अतिथ्यतामा तथा साहित्यकार दिपक भेटवालको संयोजकत्वमा भव्यताका साथ सम्पन गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा उपस्थित सर्जक मुग्लानी सौगातका प्रतिनिधी दिलिप अविरलले संस्थाले गर्न लागेको कार्यक्रमको सफलताको कामना गर्दै मुग्लानी सौगातको सम्पूर्ण सर्जकहरुबाट करिव ४०५ सँस्थाका अध्यक्ष तिर्थ संगम राईलाई हस्तन्तरण गरेका थिए भने १९ औं डबलीको कार्यक्रममा अली विन अली कम्पनीमा कार्यरत समाजसेवी सुमन थापा सारु मगर र कल्याण अधिकारीले खाजा पानीको व्यवस्थापनमा सहयोग गरेका थिए ।

यसैगरी लामो समयदेखि कतारमा कार्यरत रामेछाप रामपुरका गजलकार भानु सुनुवारले आफ्नो गजल यसरी पस्किएका थिए ।

हरबस्तुको घुमीफिरी काम आउँछ
पेटले भोको रहे पो त माम आउछ ।
जब जब रावणराजले माटो रुन्छन
तब तब आँसु पुछ्न राम आउछ ।

कतारमा छरिएर रहेका कविमनहरु आफ्ना भावना, वेदना र अनुभूतिलाई कविता, गजल, मुक्तक, हाइकु र रुवाइमा पोख्न अंग्रेजी महिनाको दोस्रो शुक्रबार यसरी नै कतारको राजधानी दोहाको करिब मध्यभागमा पर्ने टपफ़र्म रेष्टुरेण्टमा भेला भई आफ्ना रचनाहरु सुनाउन कोहि भन्दा कोहि कम थिएनन् । यसै क्रममा दोलाखा जिरिका राजु मुखियाले आफ्नो गजलका सेरहरु यसरी पस्किएका थिए ।

बेहोशमा गरेको बातको कुरा नगर भो ।
विहानीको मिर्मिरेमा रातको कुरा नगर भो ।
तिमीलाई थाहा नै छ सबको रगत रातै हुन्छ
नबुझे झै सानो ठुलो जातको कुरा नगर भो ।

यो गजल सुनाउदा एक छिन उपस्थित सम्पूर्ण सर्जकहरुबाट तालीको गतिलो पर्रा छुटेको थियो ।

डायस्पोरामा रहेर मासिकरुपमा नियमित सञ्चालन भइरहेको वाचन श्रृंखलाले आफ्नै देशमा आफै ठाउँमा प्रवासमा गर्दै आएको साहित्यिक वाचन श्रृंखलाको २० औं डबली काठमाडौमा भव्य मनाउने खुसीले कतारबाट नेपाल गईसकेका भुपू सर्जहरुको पनि पुन: एकपल्ट साहित्यिक कतारको माहोलको अनुभव गर्न पाउने भएका छन । यो खुसीले काठमाडौंमा रहेका पुराना सर्जक महेश्वर नेपालले संस्थालाई कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका छन ।

कार्यक्रमको व्यवस्थापनको लागी कवि ईश्वर दाहालको संयोजकत्वमा नेपाल कमिटी गठन गरिएको छ जसले नेपालमा कार्यक्रमको लागी आवश्यक पर्ने सम्पूर्ण तयारी गर्नेछन् । सँस्थाका अधिकांश सदस्यहरु दशैको विदामा नेपाल जाने मौका छोपी यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष तिर्थ संगम राईले बताए ।

सँस्थाले यस अघि वरिष्ठ साहित्यकारहरु श्रवण मुकारुङ जो नवोदित मोवाईल पुस्ताकालय तथा नवोदित वाचनलयका सर्जकहरुको आयोजनामा २०६६ सालमा एकल बाचन कार्यक्रमको आयोजना गरिएको थियो भने कवि अभि सुवेदी, साहित्यकार गोबिन्दराज भट्टराई जस्ता वरिष्ठ साहित्यकारहरुलाई कतारमा निम्ताएर संस्थाले भव्य साहित्यिक कार्यक्रम गरिसकेको छ ।

गत महिना मात्र पनि संस्थाले जुनमा कविता लेख्ने कवि भोजपुर चरम्बिका बद्रीप्रसाद पराजुलीको एकल बाचन कार्यक्रम गरेको थियो । संस्थाका अध्यक्ष तथा रेगिस्तानी कवि तर्ीथ संगम राईले कार्यक्रमलाई सफल पारिदिनुहुन सम्पूर्णलाई साहित्यिक मनहरुमा आग्रह गरेका छन ।

१९औं डबली कार्यक्रममा उपस्थित सर्जकहरु ईन्द्रमणि नेपाल – कविता ईश्वर शाहि गजल, दिलिप अविरल कविता, टिका राष्ट्रप्रेमी गजल, मणि पाण्डे कविता, बेचेन महातो मैथली कविता, दिपमिलन गजल, अनन्त पोख्रेल कविता, अतृप्तकमल गजल, राजन लामा गजल , वाईपि गौतम गजललगायत दर्जनौंले आफ्ना रचानाहरु वाचन गरी कार्यक्रमलाई साहित्यमय बनाएका थिए ।

कार्यक्रममा उपस्थित साहित्यनुरागी पवित्रा खड्काले लक्ष्मीप्रसाद देबकोटाको पागल कविता वाचन गरेर सुनाईन यसैगरी साहित्यकार शेखर वैद्यले “किन नआउँ यो शहरमा” शिर्षकको कविता सुनाएका थिए । साहित्यकार दिपक भेटवालको चर्चित कविता “तिमी किन आयौ यो शहरमा” शिर्षक कविताको उत्तर स्वरुप आएको सो कविता उत्तरको लागि नभएर केवल वास्तविकता झल्काउन लेखिएको कुरा साहित्यकार शिखर बैद्यले बताउनुभएको थियो । रेगिस्तानी कवि तिर्थ संगम राईले श्रवण मुकारुङद्वारा लिखित दशै शिर्षकको मिठो कविता वाचन गरेका थिए । यसै गरी समाजसेवी तथा नेपाली जनसम्पर्क समितिका सभापति विमल सुबेदीले उपस्थितलाई दशैको शुभकामनासहित मिठो कविता वाचन गरेका थिए ।

कार्यक्रमको अन्तमा अनेसास कतारका निवर्तमान अध्यक्ष दिपक भेटवालले नेपालमा हुन लागेको कार्यक्रमको वारेमा प्रकाश पारेका थिए ।

यसैगरी उक्त कार्यक्रमका विशिष्ट श्रोता रहेका बुद्धिजिवी कमलमणि गुरगाईले आफुलाई संस्थाले निमान्त्रणा गरी विशिष्ट स्रोताको रुपमा राखेकोमा धन्यबाद ब्यक्त गरेका थिए । ***

 

तपाईको प्रतिक्रिया