काठमाडौँ – हलिउड स्टार जनी डेप र एम्बर हर्डको मुद्दा एक महिनाअघि मात्र किनारा लागेको थियो। मुद्दा जनी डेपले जिते। अदालतले एम्बरले जनीमाथि लगाएको घरेलु हिंसाको आरोप झुटो भएको निष्कर्ष निकालेको थियो।
अहिले भने यी दुवैलाई अदालतले लिखित आदेश दिएको छ। आदेशमा एकअर्कालाई तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्न आदेश दिइएको छ। एम्बरले लगाएको घरेलु हिंसाको आरोपविरुद्ध जनीले मानहानीको मुद्दा दायर गरेका थिए। अदालतले सो मुद्दामा एम्बरले जनीलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
यस्तै हर्डले लगाएको तीनमध्ये एक आरोप पुष्टि भएपछि उनले पनि २ मिलियन क्षतिपूर्ति पाउने भएकी थिइन्। डेपका वकिलले हर्डविरुद्ध डेली मेलमा सन् २०२० मा अभिव्यक्ति दिएर उनको मानहानी गरेको भन्दै हर्डलाई क्षतिपूर्ति दिन अदालतले आदेश दिएको थियो।
यसैबीच जनीका वकिलले आफूहरूले एम्बरसँग पैसा नलिने बताएका छन्। उनले मानहानीको मुद्दा पैसाको लागि नभएको र जनीको गुमेको इज्जतको लागि भएको समेत बताए।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आषाढ १२, २०७९
प्रकाशित समय: १६:४०:३९